
१४ मसिर, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका सबै संरचना ३५ दिनभित्र हटाउन भनेको छ ।
प्राधिकरणले आज सूचना जारी गरेर काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी, तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन भनेको हो ।
अवैध संरचना ३५ दिनभित्र आफैं नहटाए प्राधिकरणले हटाउने र हटाउँदा लागेको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने चेतावनीसमेत दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4