+
+

धनगढीमा २२ गतेदेखि सुदूरपश्चिम महोत्सव, प्रधानमन्त्रीले उद्घाटन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १९:२१

२० मंसिर, धनगढी । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि धनगढीमा हुने भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको छ ।

करिब दुई करोडको लागतमा आयोजना हुने सुदूरपश्चिम महोत्सव पुस २ गतेसम्म धनगढी उपमहानगरपालिका–१ को पशुपति टोलमा सञ्चालन हुने मिडिया संयोजक मनोज अग्रवालले जानकारी दिए । अग्रवालकाअनुसार महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले २२ गते दिउँसो २ बजे गर्ने कार्यक्रम तय भएको छ ।

महोत्सवका लागि आवश्यक पर्ने तयारी अन्तिम चरणमा रहेको बताउँदै अग्रवालले महोत्सवमा बृहत व्यावसायिक कृषि प्रर्दशनी प्रतियोगिता, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थको प्रदर्शनीलाई विशेष प्राथमिकतामा राखिएको बताए ।

सुदूरपश्चिम प्रदेशको कला, संस्कृतिको संरक्षण र सम्बद्र्धनमा योगदान दिएका तथा सम्भावना भएका लागि स्थानीय कलाकारलाई प्राथमिकता दिने, उद्यमी, व्यवसायी र स्थानीय उत्पादनलाई विशेष महत्व दिइएको उनले बताए ।

महोत्सव अवधीभर ५ देखि ७ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ । विश्वव्यापी आर्थिक मन्दी र चर्को व्याजदरका कारण उत्साहजनक रुपमा महोत्सवका व्यवसायीहरुको सहभागीको कमी देखिएको बताइएको छ ।

महोत्सवमा ४०० स्टल रहने बताउँदै सुरक्षा व्यवस्थालाई पनि चुस्त पारिएको आयोजकले जनाएको छ ।

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव तथा व्यापार मेलाको आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?