+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
50/2 (7.3)
VS
चितवन राइनोज 2025
0/0
Shares

पहाडमा ९९ लाख ९९ हजार ९९९ मूर्ति, विश्व सम्पदा सूचीमा राखिँदै !

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १३:५५

काठमाडौं। भारतको उनाकोटीलाई उत्तर पूर्वको अंगोर वाट पनि भनिन्छ । त्रिपुरास्थित रघुनन्दनमा रहेको पहाडमा अवस्थिति उनाकोटीमा ९९ लाख ९९ हजार ९९९ मूर्तिहरु छन् । ती मूर्तिहरु पहाडमा कहिले कुँदिए ?

त्यो एकिन छैन । तर मूर्तिहरु आठौँ वा नवौँ शताब्दीमा बनेको अनुमान गरिन्छ । झण्डै एक करोड मूर्ति कुँदिएको उक्त पहाडलाई विश्व सम्पदा सूचिमा राख्ने प्रयास सुरु भएको छ ।

ती ढुंगाका मूर्तिहरु निकै दुर्लभ रहेको इतिहासकार बताउँछन् । त्यहाँ रहेका मूर्तिहरु कम्बोडियामा रहेको विश्वको सबैभन्दा ठूलो मन्दिर एन्गोर वाटमा बनाइएका जस्तै छन् ।

बंगाली भाषामा उनाकोटीको अर्थ एक करोड भन्दा एकले कम भन्ने हुन्छ । अर्थात् ९९ लाख ९९ हजार ९९९ । यद्यपि त्यहाँ रहेका ती लाखौँ मूर्तिहरु मध्ये कतिपय मौसमी गतिविधि तथा प्रदुषणका कारण क्षतिग्रस्त बनिसकेका छन् ।

केही ठाउँमा त मूर्तिको माथिबाटै झरना समेत बग्दछन् । भारत सरकार तथा त्यहाँको आर्कियोलोजिकल सर्भे विभागले ती मूर्तिलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने प्रयास अगाडि बढाएको छ।

त्यहाँ रहेका मूर्तिहरु मध्ये भगवान शिवको शिर तथा गणेशको विशालकाय मूर्ति सर्वाधिक प्रसिद्ध छन् । भगवान शिवको मूर्तिलाई उनाकोटिश्वरा काल भैरवा भनिन्छ । यो करीब ३० फिट अग्लो छ । शिवको मूर्तिको शिरभन्दा माथिल्लो भागको सजावट नै १० फिट अग्लो छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?