+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कर्णाली सरकारको नेतृत्वमा माओवादीले गर्‍यो दाबी

यज्ञ खत्री यज्ञ खत्री
२०७९ मंसिर २९ गते २०:२३

२९ मंसिर, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारको नेतृत्वमा दावी गरेको छ ।

बिहीबार सम्पन्न प्रदेश कमिटीको बैठकले कर्णालीमा माओवादी नेतृत्वको सरकार गठन गर्नेगरी गठबन्धनमा सिट बाडफाँट गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले २०७४ सालको निर्वाचनको तुलनामा कर्णालीमा समानुपातिक मत वृद्धि भएको निष्कर्ष समेत निकालेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् । ‘तुलनात्मक रुपमा यो पटक कर्णालीमा हाम्रो पार्टीको उपस्थिती बलियो रहयो, अध्यक्ष केसीले भनिन्, ‘त्यसैले कर्णाली सरकारको नेतृत्व माओवादीले पाउने गरी गठबन्धनमा सिट बाँडफाँट गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेका छौं ।’

कर्णाली प्रदेश सभामा सत्ता गठबन्धनसँग सरकार बनाउन सुविधाजनक बहुमत छ । कांग्रेस र माओवादीले बराबर सरकारको नेतृत्व गर्ने विषयमा अनौपचारिक सहमति जुटेपनि पहिला कसले नेतृत्व गर्ने भन्नेबारे सहमति जुट्न सकेको छैन ।

बैठकले संघीय सरकार निर्माणको सन्दर्भमा पहिलो कार्यकाल माओवादीकै नेतृत्वमा सरकार गठनको लागि अधिकतम पहल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझावमेत दिएको छ ।

त्यस्तै पार्टी निर्माणको सन्दर्भमा यथाशीघ्र विशेष महाधिवेशन आयोजना गरी विचार संश्लेषण र समाजवादी क्रान्तिको ठोस कार्यक्रम तय गर्नुपर्ने, पार्टी पुनर्गठनको अभियान सञ्चालन गर्नुपर्ने, पार्टी तथा जनसंगठनका आकार घटाएर साना र चुस्त कमिटी बनाउनुपर्ने, नेतृत्व चयनमा निर्वाचन प्रणालीको अभ्यासलाई निरुत्साहित गर्न नहुने निर्णय गरेको अध्यक्ष केसीले जानकारी दिइन् ।

बैठकले यही गठबन्धनलाई निरन्तरता दिदै सत्ता सञ्चालनको लागि गठबन्धन दलका प्रतिनिधि सम्मिलित राजनैतिक संयन्त्र बनाउन पनि सुझाव दिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?