+
+

जब प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशका लागि आशिष अविरलले धुन बनाए

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १४:५४
संगीतकार आशिष अविरल । फाइल तस्वीर

काठमाडौं । म्युजिक कम्पोजर आशिष अविरल सधैंजसो आफ्नो राग स्टुडियोमा एउटा गीतलाई अन्तिम रुप दिन व्यस्त थिए । त्यही बेला उनको मोबाइलमा घण्टी बज्यो । आशिषले फोन रिसिभ गरे । फोन गर्ने व्यक्तिले भने-  ‘प्रधानमन्त्रीज्यूलाई एउटा छोटो मीठो धुन चाहियो रे । तत्काल उपलब्ध गराउन सक्ने गरी तपाईंसँग कुनै स्टकमा छ ?’

‘मलाई त आश्चर्य लाग्यो, प्रधानमन्त्रीलाई मेरो संगीत आवश्यक पर्नु मेरा लागि आश्चर्य पनि र गौरवको कुरा पनि थियो,’ आशिष भन्छन्, ‘मैले अरु काम छाडेर एउटा धुन तत्कालै उपलब्ध गराइहालें । प्रधानमन्त्री प्रचण्डको फेसबुक पेजबाट त्यो सेयर भएको छ ।’

आशिषले नेपाली मौलिक बाजासमेत मिसाएर तयार परेको उक्त धुनमा केही शब्द र प्रचण्डको फोटो पनि मिसाएर अंग्रेजी नयाँ वर्षको सन्दर्भमा शुभकामना दिइएको छ । प्रचण्डले उक्त धुन सेयर गर्दै लेखेका छन्, ‘आउनुस्, हरेक दिन समृद्ध नेपालको निर्माण गर्न सुशासन र विकासको पक्षमा जनताका आवश्यकतालाई सम्बोधन गर्नका लागि धेरैभन्दा धेरै काम गर्ने प्रतिज्ञा गरौं । अंग्रेजी नयाँ वर्ष २०२३ को हार्दिक मंगलमय शुभकामना ।’

आशिषले उक्त धुन एक टेलिभिजनको स्टेसन आईडीको लागि तयार पारेका थिए । तर दिन बाँकी थियो । उनले त्यही प्रधानमन्त्रीको शुभकामना सन्देशका लागि उपलब्ध गराएको आशिषले बताए । ‘अब त्यो टेलिभिजनलाई नयाँ धुन बनाएर दिनुपर्ला,’ उनले भने ।

बागलुङ जिल्लाको मल्म भन्ने ठाउँमा जन्मे-हुर्केका आशिष हिलेका चल्तीका संगीतकार तथा एरेन्जर हुन् । उनले अहिले फूलैफूल दिन्छौ कि बोलको गीतको फिमेल भर्सनको गीत तयार पार्दैछन् । त्यो गीत यसअघि शिव परियारले गाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?