+
+

विश्वासको मतपछि रेशमको मुद्दा टुंग्याउन पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

निजामती सेवा ऐनमा थारूको आरक्षण सुनिश्चित गर्ने प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १९:२४

२२ पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेल भोगिरहेका रेशम चौधरीको मुद्दा विश्वासको मतपछि टुंग्याउन पहल गर्ने बताएका छन् ।

शुक्रबार थारू कल्याणकारिणी सभाका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतपछि रेशमको मुद्दाबारे टुंगो लगाउन पहल गर्ने आश्वासन दिएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतपछि रेमशमको मुद्दाको बारेमा टुगो लाग्‍नेबारे प्रतिवद्धता जनाउनुभयो। टीकापुरको मुद्दा पहिल्यैदेखि राजनीतिक भएकाले यसलाई राजनीतिक तवरले नै टुंगोमा पुर्‍याउने पहल आफूले गर्ने बताउनुभयो।’

यसकासाथै संसदमा विश्वासको मतपछि निजामती सेवा ऐन लैजाने जसमा थारूको आरक्षणसमेत सुनिश्चित हुने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको महामन्त्री चौधरीले बताए ।

यस्तै लोक सेवा आयोगको लापरबाहीबारे थाकसलगायतका पदाधिकारीले जानकारी गराउँदा प्रधानमन्त्री प्रचण्डले यस विषयमा तत्लकाल सच्‍याउन निर्देशनसमेत दिने प्रतिवद्धता व्‍यक्त गरेको थारू भाषा मानकीकरणका संयोजक कुछतनारायण चौधरीले जानकारी दिए ।

यसका साथै भेटमा थारू आयोगका पदाधिकारीहरुले थारूको भाषा, संस्कृतिमाथि संवैधानिक निकायबाटै भइरहेको आक्रमणलाई जोगाउनसमेत पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?