
६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।
आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद सोविता गौतमले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिएको र ३३ वर्षे अनुभवका कारण इन्दिरा रानामगरलाई उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताइन् । उनले भनिन्, ‘पार्टीले सर्वसम्मत रुपमा निर्णय गरेको हो ।’
सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् ।
उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4