
९ माघ, काठमाडौं । गत महिना काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा ४ नेपालीसहित कम्तीमा १० जना संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार स्पट फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी संलग्न छन् ।
जसमध्ये महबुब आलम र आदिल अन्सारी गरी दुई जना पक्राउ परिसकेका छन् भने अरुको खोजी भइरहेको सीआईबी स्रोतले जनाएको छ ।
घटनामा संलग्न विदेशीले भने नेपाल छाडिसकेको सीआईबीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4