
१० माघ, काठमाडौं । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार प्रतितोला १ हजार रूपैयाँको वृद्धिसँगै सुनको मूल्यले यसअघि २५ फागुन २०७८ को रेकर्ड तोडेको हो । सो दिन सुनको प्रतितोला उच्चतम मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँ थियो ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको प्रतितोला मूल्य भने १ लाख ५ हजार ८ रुपैयाँ तोकिएको छ ।
मंगलबार चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले वृद्धि भएर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4