+

कराते महासंघको चुनाव गराउने जिम्मेवारी पूर्व सदस्य सचिवलाई

२०७९ माघ  १२ गते १७:४८ २०७९ माघ १२ गते १७:४८
कराते महासंघको चुनाव गराउने जिम्मेवारी पूर्व सदस्य सचिवलाई

१२ माघ, काठमाडौं । लामो समयदेखि विवादमा रहेको नेपाल कराते महासंघ पुनर्गठन भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा बिहीबार २१ सदस्य नेपाल कराते महासंघ पुनर्गठन भएको छ ।

महासंघका पूर्व सदस्यहरुसहितको महासंघको सहअध्यक्षमा दावा गुरुङ, उपाध्यक्षमा पुरेन्द्रबिक्रम लाखे, महासचिव हरिशरण केसी, सहमहासचिवमा ओमकृष्ण प्रसाईं, सचिव श्याम शेर्पा, बलराम मित्र, कोषाध्यक्ष सानुलाल श्रेष्ठ लगायत छन् ।

राखेपका पूर्व सदस्य सचिव लामालाई करातेको निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । उक्त कमिटीले ९० दिन भित्रमा चुनाव गरि सक्नु पर्न जिम्मेवारी छ ।

यसअघि उस्तै प्रकृतिका दुई संघ अस्तिस्तवमा रहेको भन्दै २०७५ सालमा पनि शम्भु आचार्यको संयोजकत्वमा तदर्थ समिति गठन भएको थियो र निर्वाचन गर्ने जिम्मेवारी दिइएको थियो ।

तर चार वर्ष बितिसक्दा पनि महासंघको निर्वाचन हुन सकेको छैन । दुई संघ अस्तिस्तवमा रहँदा नेपालको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता कमजोर बन्दै गएको छ ।

सन् २०११ मा तत्कालीन राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्य सचिव युवराज लामाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यताप्राप्त नेपाल कराते महासंघ अस्तित्वमा हुँदाहुँदै राष्ट्रिय मान्यताप्राप्त भन्दै आफ्नो संरक्षकत्व तथा दावा गुरुङको अध्यक्षतामा नेपाल कराते महासंघ पुनर्गठन गरेका थिए ।

त्यसयता एसियाली खेलकुददेखि अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको दुई फरक टिमले सहभागिता जनाउने अवस्थासम्म पुगेको थियो ।

दुईवटा कराते महासंघ अस्तित्वमा रहँदा अन्तर्राष्ट्रियरूपमा चिनिएको नेपाली करातेको प्रदर्शन निरन्तर ओरोलो लागिरहेको छ । २०५६ सालमा नेपालमा भएको आठौं दक्षिण एशियाली खेलकूद सागमा करातेले १४ स्वर्ण पदक हासिल गरी इतिहास रचेको थियो ।

करातेको विवादका कारण १२ ‍औं दक्षिण एसियाली खेलकूदमा यसलाई समावेश गरिएको थिएन् । लामा आफैँले निम्त्याएको करातेको विवाद समाधानका लागि अहिले उनैले नयाँ भूमिकासहित जिम्मेवारी पाएका छन् ।

कराँते युवराज लामा राखेप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय