+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

महालक्ष्मी विकास बैंकद्वारा काठमाडौंका ७ स्थानमा डिजिटल साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १६:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंका विभिन्न सात स्थानमा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकका अनुसार सातदोबाटो, सतुंगल, बसुन्धरा, कुमारीपाटी, भक्तपुर, तिनचुली र ठमेल लगायतका क्षेत्रमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रोजेक्ट मिडिया म्यानेजमेन्ट प्रालिसँग सहकार्य गरी सञ्चालित यस कार्यक्रममा बैंकमा उपलब्ध विधुतीय सेवाका बारेमा जानकारी गराउनुका साथै सर्वसाधारणलाई वित्तीय कारोबारका लागि विद्युतीय माध्यमको प्रयोगमा उत्प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको बैंकले जनाएको छ ।

बैंकमा उपलब्ध डिजिटल सेवाहरु आफ्ना सम्भावित ग्राहकहरुसम्म पुर्‍याइ डिजिटल सचेतना अभिवृद्धि गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ ।

सुकेधारा, गोंगबु, बानेश्वर, नयाँबजार, मैतीदेवी, डल्लु, शंखमुल र सानो भर्‍याङ लगायत काठमाडौंका अन्य ८ स्थानमा पनि डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?