
१७ फागुन, काठमाडौं । एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियनले श्रमजीवी–पत्रकार संघ, नेपाल र त्यसका अध्यक्ष जन्मदेव जैसीलाई सम्मान गर्ने भएको छ ।
अमेरिकास्थित क्यालिफोर्नियामा अवस्थित यस संस्थाले विज्ञप्ती निकालेर ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३ छनोट गरिएको जानकारी दिएको छ । संस्थाले २० हजार रकम र ताम्रापत्रसहितको सम्मानका लागि संस्थाले अध्यक्ष जैसीलाई पत्राचार गरेको छ ।
श्रमजीवी–पत्रकार संघसँगै अन्य १० वटा संस्था पनि पुरस्कारका लागि छनोटमा परेका छन् । ती संस्थाहरुमा आदिवासी जनजाती पत्रकार महासंघ, शिक्षा पत्रकार समुह, राष्ट्रिय दलित पत्रकार संघ, क्रियाशील महिला पत्रकार, अपाङ्ग पत्रकार मञ्च, राष्ट्रिय स्वास्थ्य पत्रकार मञ्च, राष्ट्रिय यातायात पत्रकार मञ्चलगायत छन् । सम्मान आगामी बैशाख ७ गते प्रदान गरिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4