+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अनलाइनमा लगानी गरेर दोब्बर नाफा हुन्छ भन्दै ठगेको आरोपमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १८:३८

२१ फागुन, काठमाडौं । अनलाइनमा लगानी गरेर दोब्बर नाफा हुन्छ भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका-६ घर भइ हाल काठमाडौंको नरेफाँट बस्ने २४ वर्षका राज रोकाया रहेको प्रहरीले जनाएको छ ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा साथी बनाइ कुराकानी गरी अनलाइनमा रकम लगानी गरे बापत दोब्बर हुन्छ भनी इसेवा, खल्ती जस्ता वालेटहरुमा रकम पठाउन लगाइ ठगेको प्रहरीले जनाएको छ ।

रकम पठाउनेहरुलाई उक्त रकमको नाफा पाउनका लागि फारमलगायत फाइदा आएको रकम बापत लाग्ने चार्ज, अकाउन्ट अपडेट, सरकारी करलगायतका लगायतका प्रयोजनमा रकम तिर्नुपर्छ भन्ने जस्ता बहाना बनाई थप रकम लिएर ठग्ने गरेको पाइएको प्रहरीको भनाइ छ । उनले अहिलेसम्म विभिन्न व्यक्तिसँगबाट ७ लाख ७५ हजार २०० रुपैयाँ ठगेको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?