+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आठदलीय गठबन्धनको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १४:११

२३ फागुन, काठमाडौं । सत्ता घटकका आठ दलको बैठक बस्ने भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आठ दलका नेताहरुको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो २ बजे बोलाइएको छ । ‘पर्सि हुने राष्ट्रपति निर्वाचनको छलफल गर्न बैठक बस्न लागेको हो’ आठ दलले गठन गरेको कार्यदलका सदस्य अब्दुल खानले भने, ‘राष्ट्रपति निर्वाचनको तयारीका लागि छलफल गर्न लागेका हौं ।’

राष्ट्रपति निर्वाचनको मिति २५ फागुनका लागि तोकिएको छ । आठ दलले साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ । नेकपा एमालेले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?