+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारीमा काठमाडौं महानगर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १७:३५

२५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ । सम्मेलन १५ र १६ चैतमा हुने भएको छ । सम्मेलनमा भाग लिन काठमाडौं महानगरपालिकाले सबै पालिकालाई निमन्त्रणा पत्र पठाएको छ ।

बिहीबार उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको सम्मेलन आयोजक मूल समारोह समितिको बैठकमा अहिलेसम्म गरिएका कामका विषयमा जानकारी दिँदै समितिका सदस्य सचिव एवं कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले यस सम्बन्धी जानकारी गराए ।

उपप्रमुख डंगोलका अनुसार सबै पालिकाबाट न्यायिक समितिका संयोजक वा संयोजक उपस्थित हुन नसक्ने अवस्थामा समितिका सदस्यलाई सम्मेलनमा सहभागी गराउने भएको छ ।

बैठकमा समितिका सदस्य सचिव आचार्यले पेश गरेको कार्यपत्र प्रस्तोता, टिप्पणीकर्ता र सत्राध्यक्षको नाम अनुमोदन भएको छ । यसमा छलफल गर्दै विषयको प्रस्तुतिपछि न्यायिक समितिमा बसेर अनुभव भएका पूर्व जनप्रतिनिधिलाई सिकाइ तथा भोगाइ सुनाउने कार्यक्रम थप गरिएको छ ।

महानगरपालिकाको आयोजनामा हुने राष्ट्रिय सम्मेलनमा प्रस्तुति, प्रस्तुतिमाथि छलफल, विषयगत छलफलसहित काठमाडौं घोषणा जारी हुनेछ । यससँगै न्यायिक समितिको राष्ट्रिय, प्रदेश स्तरीय र जिल्ला स्तरीय सञ्जाल निर्माण गर्ने योजना छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?