
२६ फागुन, जनकपुरधाम । सप्तरीको राजविराजमा एक प्रहरी जवानले दिउँसै रक्सी सेवन गरेर सडकमा दौडिरहेको भिडियो भाइरल भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जिवकुमार रायले* राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि कपडा खोलेर दौडिएका छन् । यझ भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियोमा उनी स्थानीयसँग वादविवाद गरिरहेका देखिन्छन् । स्थानीयका अनुसार आज साँझ ५ बजेतिर उनले रक्सी सेवन गरी सडकमा सवारी चेकजाँच गरेका थिए । त्यस क्रममा गालीगलौज गर्न थालेपछि स्थानीयले उनलाई रोकेका थिए। त्यसपछि उनले सर्ट फुकालेका थिए । उनलाई हेर्न सडकमा भीड लागेको थियो ।
भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई कारबाही गर्ने तयारी गरेको छ । सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले आचरण विपरीत काम गरेकाले उनलाई निलम्बन गर्न लागेको बताए ।
*प्रहरी जवानको नाम यसअघि अन्यथा पर्न गएकाले सच्याएका छौं । – सम्पादक
प्रतिक्रिया 4