+
+

राष्ट्रपति पौडेलले गरे पुष्पलालको शालिकमा माल्यार्पण

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २७ गते १५:११

२७ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन् ।

उनलाई पार्कमा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, काठमाडौ- १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गरेका थिए ।

सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले पार्क, प्रतिष्ठानको भवनको अवलोकन गरेका थिए । यसअघि शुक्रबार  नवनिर्वाचित राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिरमा पूजा गरेका थिए ।

शुक्रबार नै पौडेलले सुन्दरीजलस्थित वीपी संग्रहालय पुगेर वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूको सालिकमा माल्यार्पण गर्नुका साथै संग्रहालय परिसरमा वृक्षारोपण गरेका थिए । शुक्रबार साँझ नै राष्ट्रपति पौडेलले विश्वसम्पदा सूचीमा सुचीकृत स्वयम्भूनाथ क्षेत्रको पनि भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?