+
+

संघीयताको मर्म अनुसार संघीय शिक्षा ऐन ल्याउन माग

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १८:५१

२८ फागुन, बुटवल । शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाले सङ्घीय शिक्षा विधेयक तत्काल संसदमा पेश गर्न आग्रह गरेका छन् ।

लुम्बिनीमा आइतबार आयोजित कार्यक्रममा शिक्षा सरोकारवाला संघ–संस्था र अभियन्ताले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष संघीय शिक्षा विधेयक तत्काल सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

संघीय शिक्षा ऐनका लागि तयार पारिएको विधेयकलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल सार्वजनिक गनुपर्ने, विधेयक सार्वजनिक गरेपछि सरोकारवालाबीच यसका प्रावधानहरुबारे सघन छलफल हुनुपर्ने माग गरिएको छ ।

अपीलमा संघीय शिक्षा ऐनबिना नै पालिका एवं प्रादेशिक तथा सङ्घीय सरकारले एक कार्यकाल पूरा गरेकाले तत्काल ऐन ल्याउनुपर्ने माग गरिएको शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताए । मल्लले शिक्षा क्षेत्रमा अझै पनि संघीयताको मर्मविपरीत केन्द्रिकृत मानसिकता हावी रहेको बताए ।

अपिल सार्वजनिक कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षामन्त्री चन्द्रकेश गुप्ताले शिक्षा ऐन छिटो जारी गराउन प्रदेश सरकारले पहल गर्ने प्रतिवद्धता जनाउंदै शिक्षक र प्राध्यापकहरु राजनीति भन्दा टाढा बस्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?