+
+

बुधबारदेखि मौसममा सुधार आउँछ : मौसमविद

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते १६:५६

७ चैत, काठमाडौं । बुधबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदले बताएका छन् ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । वर्षासँगै चिसो महसुस पनि भइरहेको छ । यसबाट कतिपय जिल्लाको जनजीवन प्रभावित भएको छ ।

हिजोआजको तुलनामा बुधबारदेखि भने मौसम सफा हुने वरिष्ठ मौसमविद शान्ति कँडेलले जानकारी दिइन् । ‘पानी पर्दै नपर्ने होइन, तर हिजो र आजको तुलनामा कम पानी पर्छ,’ कँडेलले भनिन् ।

अहिले प्रिमनसुन सिजनको समय छ । यही बेला स्थानीयस्तरमा विकसित भएको प्रणालीसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु पनि मिसिएकाले मेघ गर्जन/चट्याङसहित पानी परेको छ । प्रिमनसुन अघिको समयमा हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्ने हुन्छ । उच्च हिमाली भेगमा हिउँसमेत पर्ने गर्दछ ।

केही दिनयता पश्चिमदेखि पूर्वी नेपालसम्मै पानी परिरहेको र उच्च हिमाली भेगमा हिउँ परिरहेको कारण यही हो । त्यसैले यो समयमा सकेसम्म यात्रा नगर्न र यात्रा गर्नैपरे पनि पर्याप्त जानकारी लिन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मंसिर १५ गतेदेखि फागुन १५ गतेसम्मको अवधिलाई हिउँद भनिन्छ । तर यस वर्ष फागुन दोस्रो हप्तामा मात्र हिउँदे वर्षा भएको थियो । यस वर्षको हिउँद अवधिभर ३४.२ मिलिमिटर वर्षा हुने अपेक्षा गरिएकोमा औसत ११.७ मिलिमिटर मात्र वर्षा भएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?