+
+

फिल्म ‘जारी’को पहिलो गीत ‘चरी बस्यो’मा दयाहाङ र मिरुनाको नोकझोक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ११ गते २०:५१

काठमाडौं । कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’को पहिलो गीत रिलिज भएको छ । ‘चरी बस्यो’ बोलको लिरिकल गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत तथा स्वर छ ।

भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको नोकझोकलाई प्रस्तुत गरिएको छ । शुक्रबार रिलिज भएको फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

बैशाख १ गतेदेखि प्रदर्शन तयारीमा रिलिज भएको फिल्मलाई कबड्डी फेम्ड निर्माता रामबाबु गुरुङले निर्माण गरेका हुन् । पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायमा विद्यमान जारी प्रथाको कथावस्तुमा बनेको फिल्मको शीर्ष भूमिकामा दयाहाङ र मिरुना छन् ।

ब्लकबस्टर फिल्म ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन् । रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल लगायतको अभिनय छ । उपेन्द्रको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

बाँसुरी फिल्म्सको प्रस्तुती र कबड्डी फिल्म्सको सहकार्यमा निमाूण भएको फिल्ममा सिर्जना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सहनिर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?