+
+

११ दिन पैदलै हिँडेर मिटर ब्याज पीडित आइपुगे काठमाडौं

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १४:२४

१२ चैत, काठमाडौं । ११ दिनको पैदल हिँडेर तराई मधेसका मिटर ब्याज पीडित काठमाडौं आइपुगेका छन् ।

चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन् ।

मिटरब्याजविरुद्धको संघर्ष समितिको समन्वयमा उनीहरु ‘बर्दिबास-काठमाडौं पैदल मार्च अभियान’ मा सहभागी भएका हुन् ।

तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका माग उनीहरुले राखेका छन् ।

बालबच्चा बोकेका महिलाहरुसमेत पैदल मार्चमा सहभागी छन् ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?