+

के हो ओमेगा थ्री, किन जरुरी छ शरीरका लागि ?

२०७९ चैत  १२ गते १७:०५ २०७९ चैत १२ गते १७:०५
के हो ओमेगा थ्री, किन जरुरी छ शरीरका लागि ?

‘ओमेगा थ्री फ्याटी एसिड’ यो नाम हामीमध्ये धेरैले सुनेका पनि छैनौं होला सायद । जबकि हाम्रो शरीरका लागि अत्यन्तै महत्वपूर्ण पोषकतत्व हो यो । कतिपय बोसो शरीरले आफैं पनि उत्पादन गर्छ । तर ओमेगा थ्री फ्याटी एसिड भने उत्पादन गर्न सक्दैन । त्यसैले यो खानाको माध्यमबाट लिनुपर्छ ।

मानव शरीरमा दुई प्रकारका बोसोतत्व हुन्छन्, राम्रो र नराम्रो । ओमेगा थ्री राम्रो बोसो हो र शरीरका लागि अपरिहार्य पनि । यसलाई अझ मिहिन रुपमा भन्नुपर्दा हाम्रो शरीरलाई जरुरी चिल्लो पदार्थ हो यो । ओमेगा थ्री खासगरी माछा वा समुन्द्री खाना, वनस्पति तेल, ओखर, हरियो सागपातबाट प्राप्त हुन्छ ।

ओमेगा थ्री फ्याटी एसिड मूलतः तीन प्रकारका हुन्छन् ।

१. एएलए (अल्फा लिनोलेनिक एसिड)

२. डीएचए (डोकोसाहेक्सा एनोइक एसिड)

३. ईपीए (इकोसापेन्टाइनोइक एसिड)

एएलए फ्याटी एसिड खासगरी वनस्पतिबाट प्राप्त हुन्छ । डीएचए र ईपीए चाहिं जनावर र समुन्द्री खानामा पाइन्छ ।

ओमेगा थ्री फ्याटी एसिड सम्पूर्ण शरीरको कोषिकामा हुने झिल्ली हो । यसले हार्मोन उत्पादनका लागि सुरुवाती बिन्दुको रुपमा काम गर्छ । यसले रक्तसञ्चार प्रणालीलाई व्यवस्थित गर्नुका साथै विभिन्न रोगको जोखिमबाट बचाउँछ ।

ओमेगा थ्री फ्याटी एसिडले शरीरलाई विकारबाट मुक्त राख्न, उच्च रक्तचाप नियन्त्रण गर्न, कलेजोको बोसो घटाउन, हाडजोर्नीको काम सजिलो बनाउन काम गर्छ । गर्भावस्थामा आमा र शिशुका लागि यो निकै जरुरी हुन्छ । यसले शिशुको शरीर र मस्तिष्क विकासमा सहयोग गर्छ ।

यसको कमी भएमा शरीरको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यस्तो स्थितिमा विभिन्न किसिमको रोगले संक्रमण गर्न सक्छ । शरीरमा विभिन्न समस्या ल्याउन सक्छ । हृदयघातको जोखिमदेखि अल्जाइमरसम्मको समस्या ल्याउन सक्छ ।

केमा पाइन्छ ओमेगा थ्री ?

हामीले नियमित खाने दाल, भात, तरकारीमा ओमेगा थ्री फ्याटी एसिड पर्याप्त हुँदैन । आलस, भटमासको तेल, तोरी, मेथीको दाना, बदाम, ओखर, एभोकार्डो आदिबाट ओमेगा थ्री फ्याटी एसिड पाइन्छ । यसैगरी माछा एवं समुन्द्री परिकारमा पर्याप्त मात्रामा ओमेगा थ्री फ्याटी एसिड पाइन्छ ।

(भट्टराई क्लिनिकल न्युट्रिसियन हुन् । उनीसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

ओमेगा थ्री शरीर
वर्षा भट्टराई
लेखक
वर्षा भट्टराई
पोषणविद्

अध्ययन : एमएस्सी पोषण र आहारशास्त्र (पूर्वाञ्चल विश्वविद्यालय) हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आहार अधिकृतको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?