+
+

नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १७:५९

१२ चैत, काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो ३/४ वर्षमा उनीहरुले ८१ जनालाई विदेश पठाइसकेका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा २५ देखि ३० लाख रुपैयाँसम्म लिएको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?