
१६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनाव उम्मेदवार बनाउन कुरा भइरहेको बताएका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै ढकालले आफ्नो दलको तर्फबाट वाग्लेसँग कुरा भइरहेको पुष्टि गरे । ‘स्वर्णिमजीसँग कुरा भइरहेको छ हाम्रो । उहाँले पार्टीमा आबद्ध भएर प्राइमरी इलेक्सनमार्फत् छनोट हुनुपर्ने हुन्छ’, ढकालले भने, ‘हामीले तनहुँमा सरप्राइज दिन लागेका हौं । एक, दुई दिनमा केही आउला ।’
वाग्लेले ४ मंसिरको चुनावमा कांग्रेसको चुनाव घोषणापत्र तयारी समितिमा रहेर काम गरेका थिए । उनी त्यतिबेला कांग्रेसबाटै चितवन र काठमाडौंमध्ये एक ठाउँबाट चुनाव लड्ने चाहनामा थिए, तर सभापति शेरबहादुर देउवाले उनलाई प्राथमिकता दिएका थिएनन् ।
रास्वपाको प्रस्तावमा स्वर्णिमले के प्रतिक्रिया दिएका छन् भन्ने खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4