+

लिभरपुलमाथि सिटीको शानदार जित

२०७९ चैत  १८ गते १९:१८ २०७९ चैत १८ गते १९:१८
लिभरपुलमाथि सिटीको शानदार जित

१८ चैत,  काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्याचेष्टर सिटीले लिभरपुललाई शानदार जित हात पारेको छ र, लिग लिडर आर्सनलसँगको अंक दुरी घटाएको छ ।

शनिबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन सिटीले लिभरपुललाई ४–१ गोल अन्तरले हराएको हो ।

सिटीको घरेलु मैदान, इत्तेहाद स्टेडियममा भएको खेलमा अग्रता भने लिभरपुलले लिएको थियो । १७औं मिनेटमा मोहम्मद सलाहको गोलबाट लिएको अग्रता लिभरपुलले जोगाउन सकेन । २७औं मिनेटमा अल्भारेजले बराबरी गोल गरे ।

दोस्रो हाफ भने सिटी हाबी भयो । सुरुमै केभिन डि ब्रुयेनले गोल भने भने ५३औं मिनेटमा गुन्डुवान र ७४औं मिनेटमा ज्याक ग्रिलिसले गोल गरे ।

जितसँगै दोस्रो स्थानमा रहेको सिटीको ६४ अंक भएको छ । लिग लिडर आर्सनलको समान खेलबाट ६९ अंक छ भने लिभरपुल ४२ अंकका साथ छैटौं स्थानमा छ ।

म्यानचेष्टर सिटी लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय