+

मार्क उडले ५ विकेट लिएपछि आईपीएलमा लखनउको विजयी सुरुआत

२०७९ चैत  १९ गते ६:४७ २०७९ चैत १९ गते ६:४७
मार्क उडले ५ विकेट लिएपछि आईपीएलमा लखनउको विजयी सुरुआत

१९ चैत, काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुआत गरेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको हो ।

लखनउले दिएको १९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनायो ।

दिल्लीका लागि कप्तान डेविड वार्नरले ४८ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए भने राईली रुसोले ३० रन जोडे ।

लखनउका लागि मार्क उडले ४ ओभरमा १४ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । आभेष खान र रवि बिष्नोइले समान दुई/दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो ।

लखनउका लागि ओपनर कायल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाए ।

निकोलस पुरनले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन जोडे । आयुष बदोनीले ७ बलमा १८ रन बनाए ।

दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले दुई/दुई तथा अक्षर पटेल र कुलदिप यादवले समान एक/एक विकेट लिए ।

आईपीएल लखनउ सुपर जायन्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय