+
+
WC Series
पोखरा एभेन्जर्स 2025
85/4 (12.1)
VS
४७ बलमा ८१ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कर विवरण ‘मिसम्याच’ भएका करदाताले लिन सक्नेछन् चैत मसान्तसम्म छुट सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १३:०४

२३ चैत, काठमाडौं । विगत आय वर्षमा बुझाएको आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताले यही चैत मसान्त भित्र छुट सुविधा लिन सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

विभागका अनुसार आव २०७७/७८ सम्म आफ्नो कारोबार घोषणा गर्दा वास्तविक कारोबार अंक फरक परेको अवस्थामा चैत २०७९ भित्र प्रत्येक आर्थिक वर्षको वास्तविक कारोबार घोषणा गरी फरक परेको बिक्री रकमको १.५ प्रतिशत मात्र कर बुझाएमा घोषणा गरेकै कर अन्तिम हुने गरी छुट दिएको छ । यो आर्थिक ऐन २०७९ ले दिएको छुट हो ।

यस्तो छुट चैत मसान्तसम्म मात्र पाइने विभागको भनाइ छ । यो सुविधा आव २०७७/७८ सम्मको मिसम्याच रकमको खरीद बिक्रीमा कर निर्धारण भई बक्यौता रहेको तथा मुद्दामा गएको अवस्थामा समेत प्राप्त गर्न सकिने विभागले जनाएको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?