+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

न्युनतम साझा कार्यक्रममा आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरिएको भन्दै केसीको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १२:४१

२४ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्युनतम साझा कार्यक्रममा आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरिएकोमा असन्तुष्टि जनाएका छन् ।

बिहीबार सत्ता साझेदार दलका प्रमुख नेताहरुको हस्ताक्षर गरी सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको थियो । त्यसमा आफ्नो डिजिटल हस्ताक्षर प्रयोग भएकोमा केसीको असन्तुष्टि छ ।

केसीले शुक्रबार विज्ञप्ति जारी गरी दश दलद्वारा जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका कैयौं गम्भीर प्रकारका मतभेदहरु रहेको बताएका छन् । यही मतभेदका कारण विगतको पाँच दलीय सरकारले जारी गरेको न्युनतम साझा कार्यक्रममा हस्ताक्षर नगरेको र त्यो नीति अहिले पनि कायमै रहेको केसीले उल्लेख गरेका छन् ।

अहिलेको सरकारको न्युनतम साझा कार्यक्रममा पनि डिजिटल हस्ताक्षर राखिएको सन्दर्भमा प्रधानमन्त्रीसँग सम्वाद भएको भन्दै केसीले विज्ञप्तिमा लेखेका छन्, ‘तर त्यो हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा भएको होइन ।’ हस्ताक्षर भ्रमबस नै न्यूनतम साझा कार्यक्रममा परेको केसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?