
२६ चैत, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन् ।
कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलमा ओर्लिएका प्रचण्ड भट्ट निवास पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट सीधै कैलालीको गोदाबरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेका हुन् । उनीहरुबीच भेटवार्ता जारी छ ।
पूर्वमाओवादी नेता भट्ट नेकपा भंग भएपछि एमालेतिर लागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4