+
+

अर्थतन्त्रको तत्कालीन समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १३:१४

२८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री भए लगत्तैदेखि सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्र बीच घनिभूत छलफल थालेको र अब त्यसले निकास पाउने बेला आएकाे प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

लगानीकाे वातावरण, ब्याजदर नियन्त्रण तथा अर्थतन्त्रमा सकारात्मक पहलका लागि सरकार गम्भीर रहेको पनि उनले बताए ।

‘बाह्य कारणबाट अर्थतन्त्रकाे आन्तरिक अवस्था केही समस्या परेकाे थियाे । अब हामी सहज अवस्थातर्फ जाँदै छाैं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बैंकको ब्याजदर घटाएर लगानीको मनाेबल बढाउन, पूँजीगत खर्च बढाएर बजार चलायमान गराउन र अन्य नीतिगत समाधानका लागि सरकारका सबै निकाय एक ठाउँ भएर काम गरिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?