८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालका सोमपाल कामीले अर्धशतक बनाएका छन् ।
ओमानविरुद्ध त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सोमपालले अर्धशतक बनाएका हुन् ।
उनले ३९ बलमा सात चौकासहित अर्धशतक पूरा गरे । सोमपालले अविजित ६३ रन बनाए ।
यसअघि नेपालका लागि कुशल मल्लले शतक पूरा गरे । नेपालले टस हारेर पहिले ब्याटिङ थालेको थियो ।
। युवा अलराउण्ड कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।
प्रतिक्रिया 4