
काठमाडौं । ‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतको आगामी फिल्म ‘दिमाग खराब’मा शीर्ष कलाकार तय भएका छन् । निर्देशक बस्नेतले अनलाइनखबरलाई दिएको जानकारीअनुसार दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा र स्वस्तिमा खड्का फिल्ममा पक्का भइसकेका छन् ।
तर सौगात मल्ल चाहिं फिल्ममा नहुने उनले जानकारी दिए । जेठ पहिलो सातादेखि छायांकन सुरु हुने यो फिल्मलाई काठमाडौं, काभ्रेको पनौती र पाँचखालमा छायांकन गर्ने तयारी छ । ‘पिपुल एण्ड पावर’को कथावस्तुमा बन्न लागेको सोसल ड्रामा फिल्म कात्तिक २४ गते रिलिज गर्ने तयारी छ ।
रौनकविक्रम कँडेलले फिल्म निर्माण गर्नेछन् । आकाश बरालको पटकथा रहेको फिल्मको स्क्रिप्ट डाक्टरको रुपमा मनोज पण्डित छन् । बस्नेत निर्देशित फिल्म लुट (२०६९) र लुट २ (२०७४)मा रिलिज भएका थिए ।
प्रतिक्रिया 4