
काठमाडौं । यदि तपाईं अमेरिकाको म्यासाचुसेट्समा बस्नुहुन्छ भने तपाईंलाई नेपाली कलाकार स्नेहा श्रेष्ठको विशाल र मनमोहक भित्तेचित्र हेर्ने मौका छ । सडकमा ‘इम्याजिन’ नामबाट उनले अलस्टन, क्याम्ब्रिज, लिन, डोरचेस्टर, वर्सेस्टर र त्यसभन्दा बाहिरका सहरका भवनलाई संस्कृत र नेपाली अक्षरले जीवन्त तुल्याएकी छन् ।
स्नेहाको लेखनले मातृभूमिको वर्णमाला र संस्कृतिलाई अमेरिकाको भित्ता र पर्खालमा चित्रण गरेको छ । यी अन्तर्राष्ट्रिय नेपाली कलाकारको सिग्नेचर भित्तेचित्रहरु कम्बोडिया, इस्तानबुल र उनको जन्मस्थान काठमाडौंमा पाउन सकिन्छ । उनका कलाहरु उनीउस्तै जीवन्त र निजत्व बोकेका छन् ।
स्नेहालाई लिएर यतिबेला नयाँ खबर छ । उनी अमेरिकाको सबैभन्दा ठूला म्युजियममध्येको एक म्युजियम अफ फाइन आर्ट्स म्यासाचुसेट्सको स्थायी संग्रहमा समावेश हुने पहिलो नेपाली समकालीन कलाकार बनेकी छन् । गत फेब्रुअरीमा बोस्टनस्थित उक्त संग्रहालयले ‘होम ४१६’ नाम दिइएको स्नेहको एक चित्रलाई सधैंका लागि म्युजियममा राखेको छ ।
‘होम ४१७ ले एउटै क्यानभासमा धेरै चीज समेट्छ,’ दक्षिण एसियाली र इस्लामिक कला संग्रहालयकी क्युरेटर लौरा वाइन्स्टाइनले भनिन्, ‘यसले नेपालको भाषा र कलालाई बोस्टनको सडक र सार्वजनिक कला परिदृश्यमार्फत भन्छ । साथै आधारभूत मानव सत्य र आवश्यकता व्यक्त गर्न शब्द र लिपि पनि यसमा संग्रहित छन् । सहरभरि व्यापक रुपमा कलाकारको नयाँ दृष्टिकोण पनि प्रस्तुत गर्छ ।’
प्रतिक्रिया 4