+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गण्डकीमा मन्त्रालय संख्या बढाउँदैनौं : मुख्यमन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १७:२१

२१ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय संख्या नबढाउने बताएका छन् ।

बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री पाण्डेले सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने बताए । मन्त्रालय सख्ंया नबढ्ने भन्दै उनले अघि भने, ‘गठबन्धनका दलहरुको बीचमा मन्त्रालय बाँडफाँट गर्छौं, यसमा कुनै समस्या छैन ।’

खगराज अधिकारी नेतृत्वको सरकार काम चलाउ भइसकेपछि धेरै योजनालाई अगाडि बढाएको पाइएको उनले बताए ।

यसको आवश्यकता हेर्ने भन्दै उनले भने, ‘साच्चै आवश्यकता अनुसार अगाडि बढाइएको हो कि राजनीतिक इन्ट्रेष्टमा हो भन्ने हेर्छौं । हामी आएपछि पनि गर्नुपर्ने काम त्यही हुन्छ भने हामी बायस हुन्नौं। तर पोलिटिकल इन्ट्रेष्टका लागि तयारमा गरिएको रहेछ भने पुनर्विचार गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?