+
+

नक्कली शरणार्थी प्रकरण छानबिन गर्न एमालेले सहयोग गर्छ : महेश बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते ११:००

२४ वैशाख, पोखरा । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली शरणार्थी प्रकरण छानविनमा नेकपा एमालेले सहयोग गर्ने बताएका छन् ।

प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले उक्त प्रकरणमा जोडिएका सबैको अनुसन्धान हुनुपर्ने पनि बताए ।

‘टोपबहादुर रायमाझीजीको संग्लनताको प्रश्न उठेको छ । त्यसलाई छानविन गर्ने कुरामा नेकपा एमाले जहिले पनि सहज बन्छ, असहज बन्दैन,’ नेकपा एमाले नेता बस्नेतले भने ।

उनले उक्त प्रकरणलाई राजनीतिक रङ दिएर कसैलाई पनि उन्मुक्ति दिन नहुने भनाइ राखे ।

अर्को प्रसंगमा नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एमालेले प्रधानमन्त्री बनाउने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको र त्यसमा एमालेले कदापि साथ नदिने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?