+

पारा तेक्वान्दो पदक विजेता खेलाडी र प्रशिक्षक सम्मानित

२०८० वैशाख  ३१ गते २०:११ २०८० वैशाख ३१ गते २०:११
पारा तेक्वान्दो पदक विजेता खेलाडी र प्रशिक्षक सम्मानित

३१ वैशाख, काठमाडौं । नेपाल तेक्वान्दो संघले गत मंसिरमा वर्ल्ड पारा तेक्वान्दो ग्राण्ड प्रिक्समा स्वर्ण जितेकी सृजना घिसिङ र उनका प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गरेको छ ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुसहितको उपस्थितिमा सृजनालाई १ लाख र प्रशिक्षक लामालाई २५ हजार रुपैयाँले सम्मानित गरिएको हो ।

साउदी अरबको रियादमा गत मंसिर २२ देखि २४ सम्म आयोजित जी १० प्रतियोगितामा सृजनाले विश्व वरीयतामा शीर्ष स्थानमा रहेकी टर्कीकी क्याभडर मेरयेन बेटुललाई १२–० अंकका आधारमा पराजित गरी स्वर्ण जितेकी थिइन् ।

पारा तेक्वान्दोको के ४४ विधाबाट प्रतिस्पर्धा गर्ने सृजनालाई नेपाल तेक्वान्दो संघले आसन्न एसियाली खेलकुद र सन् २०२४ मा फ्रान्समा हुने पारा ओलम्पिकका लागि तयारी गरिरहेको छ । सृजनासहित ओलम्पियन पलेशा गोवर्द्धन, रामबहादुर अधिकारी, अमीर ब्लोन र लोकराज शाहीलाई पनि आसन्न प्रतियोगिताका लागि तयारी गरिएको छ ।

सन् २०१५ देखि नेपाली राष्ट्रिय पारातेक्वान्दो प्रशिक्षण संहालेका कविराज नेगीले प्रशिक्षण गराएका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा ८ पदक जितेका छन् । उनले एसियाली खेलकुदमा स्वर्णको लक्ष्यसहित तयारी गरिएको बताए ।

कविराज नेगी पारा तेक्वान्दाे सृजना घिसिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय