+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नक्कली शरणार्थी प्रकरणबारे संसदबाट खेद प्रस्ताव पारित गर्न रास्वपाको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १४:१३

१ जेठ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका सम्बन्धमा संसदबाट खेद प्रस्ताव पारित गर्न प्रस्ताव राखेको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यो प्रकरणले नेपाली राजनीतिकलाई लज्जित बनाएको बताए।

‘नेपाल राष्ट्रको लागि सम्माननीय सभामुख मार्फत नेपाल सरकारलाई यो घटनाप्रति लज्जावोध गरेर खेद प्रस्ताव पारित गर्न अनुरोध गर्न चाहन्छु’ प्रमुख सचेतक परियारले प्रस्ताव राखे।

रास्वपाले नेपालमा भ्रष्टाचार ब्याप्त रहेको उठाउँदै आएको र रास्वपाले विगतमा उठाएको विषयलाई नक्कली भुटानी प्रकरणले पुष्टि गरेको उनको भनाइ छ। नेपालमा भ्रष्टाचार कति रहेछ भन्न यो प्रकरणले सार्वजनिक गरेको परियारले बताए ।

साथसाथै, यो घटनाको अनुसन्धान कहाँ पुगेको छ त्यसबारे सदनलाई जानकारी गराउन रास्वपाका प्रमुख सचेतक परियारले गृहमन्त्रीसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?