+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जोनी डीप कान्स फिल्म फेस्टिभलमा सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १७:२५

काठमाडौं । कान्स फिल्म फेस्टिभलको ७६ औं संस्करण बुधबारदेखि फ्रान्सको फ्रेन्च रिभेरा सहरमा सुरु हुँदैछ । संसारकै प्रतिष्ठित फिल्म फेस्टिभल मानिने यो जमघट उत्कृष्ट फिल्म देखाउने मेलाको रुपमा परिचित छ । १२ दिनसम्म चल्ने महोत्सवमा विश्व फिल्मका केही चर्चित हस्तीहरु सहभागी हुनेछन् ।

यस वर्ष जोनी डीप स्टारर ऐतिहासिक फ्रान्सेली फिल्म ‘जिन डु बेरी’ महोत्सवमा ओपनिङ फिल्मको रुपमा छ । यो फिल्म जोनीको लागि पूर्वपत्नी एम्बर हर्डसँगको बहुचर्चित मानहानी मुद्दापछि अभिनयमा पुनरागमन हुनेछ । पछिल्लो समय उनी कान्समा सहभागी हुने वा नहुने भन्ने कुराको अन्योल थियो ।

यद्यपि हलिउड रिपोर्टर म्यागजिनका अनुसार अभिनेता डीपले महोत्सवको आधिकारिक पत्रकार सम्मेलनमा भाग लिनेछन् । उनको फिल्मको कुरा गर्दै वितरकले भने, ‘मैैले फिल्म हेरेको छैन, तर यो डीपका लागि पुनरागमन गर्ने राम्रो अवसर हो जस्तो लाग्छ ।’ आफ्नो फ्रान्सेली डेब्यु फिल्ममा डीपले १८ औं शताब्दीका फ्रान्सेली राजा लुइस चौधौंको भूमिका निर्वाह गरेका छन् जसमा १७१५ देखि १७७४ मा उनको मृत्युसम्मको कथावस्तु चित्रण गरिने भएको छ ।

डीप अन्तिम पटक कान्स फेस्टिभलमा ‘पाइरेट्स अफ द क्यारिबियन : अन स्ट्रेन्जर टाइड्स’को प्रिमियरको लागि सन् २०११ मा फेस्टिभलमा पुगेका थिए । यो फिल्मलाई माइवेन ले बेस्कोले निर्देशन गरेका हुन् । फिल्ममा लुइस ग्यारेल, पियरे रिचर्ड, र नोएमी लभोब्स्की पनि छन् ।

फिल्मको आधिकारिक सारांशमा यस्तो लेखिएको छ, ‘संस्कृति र आनन्दको लागि एक युवा श्रमिक महिला जीएन भाउबर्नियरले आफ्नो बौद्धिकता र लोभलाई प्रयोग गरी सामाजिक प्रगति हासिल गर्छिन् ।’ पूर्वपत्नी एम्बर हर्डसँगको मुद्दा मामिलापछि अभिनेता डीपले मिडियासँग दूरी बनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?