+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १५:१२

२ जेठ काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणको बयान सोमबारबाट सुरु भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका एक जना उपन्यायाधिवक्ता र जिल्ला प्रहरी परिसर, काठमाडौंका मुद्दाका शाखाका डीएसपी निरञ्जनदत्त भट्टको उपस्थितिमा उनको बयान भइरहेको हो ।

सोमबार प्रश्न सोध्दा सोध्दै ‘आजलाई भयो’ भन्दै पूर्वगृहमन्त्री खाँण उठेका थिए । ‘५/६ वटा प्रश्न सोध्ने वित्तिकै अब भयो.. भयो भन्दै उहाँ उठ्नुभयो’, सरकारी वकिलको कार्यालयका एक अधिकारी भन्छन्, ‘प्रश्न सोध्दा उहाँले एकदमै झिजो मान्नुभयो, पछि स्वास्थ्य पनि समस्या भनेर उहाँलाई पठाइयो ।’

सरकारी वकिलको कार्यालयले खाँणको बयान सोमबारै सक्ने तयारी गरेको थियो । तर, उनले बोल्न नमानेपछि पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीको बयान थालिएको थियो । जिल्ला अदालत, काठमाडौंबाट तीन दिन म्याद भएलगत्तै उनलाई सरकारी वकिलमा लगेर बयान थालिएको थियो ।

‘आफ्नो त केही छैन, बयान पनि ५ मिनेटमै सकिन्छ’ भन्दै उनी बयान दिने कक्षतिर छिरेका थिए । तर, राति ७ बजेसम्म उनको बयान लिइएको थियो । ‘निर्धारित प्रश्नहरु हुन्छन्, त्यो सक्न समय लागि हाल्छ’, सरकारी वकिलको कार्यालय स्रोत भन्छ ।

अधिकारीहरुका अनुसार अहिले बयान दिन उपस्थित भएका पूर्वगृहमन्त्री खाँण चाहिँ अलमलिएका जस्तो देखिन्छन् । ‘कतिपय प्राविधिक विषयका प्रश्नहरु छन्, केही पत्राचारका कुरा, केही निर्णयका कुराहरु मन्त्रीलाई थाहा हुने विषय पनि भएन’, ती अधिकारी भन्छन्, ‘त्यसैले उनी केही विषयमा अलमलिएका छन् ।’

अबेरसम्म भएपनि बयान सक्ने सरकारी वकिल र प्रहरीको तयारी छ । बुधबारभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएकाले पनि प्रहरी दबावमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?