+
+

बिकेन घोराही सिमेन्टको प्रिमियम आईपीओ, थपियो म्याद

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते २०:२६

२ जेठ, काठमाडौं । भ्रामक तथ्याङ्कका आधारमा अस्भाविक प्रिमियम मूल्य राखेर प्राथमिक सेयर (आईपीओ) जारी गरेको घोराही सिमेन्टमा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने म्याद थप गरिएको छ ।

कम्पनीले १९ वैशाखदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । आवेदन दिने अन्तिम दिन मंगलबार बेलुकीसम्म माग अनुसार आवेदन नपरेपछि  म्याद थप गरिएको हो ।

प्रतिकित्ता १०० रुपैयाँको सेयरमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता सेयर निष्काशनमा ल्याएको थियो । भ्रामक तथ्याङ्क राखेर अस्वभाविक प्रिमियम मूल्यमा सेयर जारी गरिएको बारेमा यसअगाडी अनलाइनखबरले समाचार प्रकाशन गरेको थियो ।

आवेदन दिने अन्तिम दिन मंगलबार बेलुकी ५ बजेसम्म १४ हजार ३११ आवेदकले ६ लाख ८७ हजार ५०० कित्ता सेयरको लागि आवेदन दिएको सीडीएस एण्ड क्लियरीङ लिमिटेडको तथ्यांकले देखाउँछ । जसअनुसार ६७ हजार कित्ता भन्दा धेरै सेयर बिक्री भएन । स्थानीयलाई निष्काशन गरेको सेयर पनि बिक्री नभएपछि आवेदन दिने म्याद १७ जेठसम्म थप गरेको छ ।

यसअघिका आईपीओमा ठूलो मात्रामा आवेदन पर्ने गरेको थियो । मागभन्दा धेरै गुणा बढी आवेदन परिरहेका बेला घोराही सिमेन्टले जारी गरेको आईपीओमा भने लगानीकर्ताको आकर्षण नदेखिएको हो ।

२ जेठसमम करिब ७० हजार कित्ता सेयरका लागि मात्रै आवेदन परेको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । कम्पनीको सेयर बिक्री नभएपछि १७ जेठसम्म १५ दिनको लागि आवेदन दिने म्याद थप भएको हो ।

स्थानीयलाई निष्काशन गरेको सेयरमा उद्योग प्रभावित दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १, २, ३, १४, १५, १७, १८ र १९ का स्थानीयले आवेदन दिन सक्नेछन् । यस्तै दाङको बंगलाचुली गाउँपालिका ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका ३ र ४ का बासिन्दाले उद्योग प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिने सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?