+
+

सरकारले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकनस्थलका रुपमा प्रवर्द्धन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १७:३१

काठमाडौं । सरकारले चलचित्र पर्यटनको विकास र विस्तार गर्ने योजना अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि नेपालका प्रमुख आकर्षकस्थललाई प्रवर्द्धन गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । अन्तर्राष्ट्रियस्तरमा नेपालको भूगोल, कला, साहित्य, भाषा, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्न योगदान पुर्‍याउने विदेशी नागरिकलाई सगरमाथा विशेष सम्मान प्रदान गर्ने निर्णय पनि गरेको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा अत्याधुनिक इण्डोर फिल्म स्टुडियो निर्माण कार्यलाई तीव्रता दिने जनाइएको छ । प्रतिलिपि अधिकार ऐन २०५९ लाई स्रष्टामैत्री हुने गरी परिमार्जन गरिने भएको छ । समाज रुपान्तरणका लागि संघर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित ऐतिहासिक चलचित्र, वृत्तचित्र तथा स्वदेशी चलचित्र निर्माणलाई प्राथमिकता दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?