+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

योगेश भट्टराईको प्रश्न : कांग्रेसले जनयुद्ध स्वीकार गरेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १२:५६

८ जेठ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रममा रहेको जनयुद्ध शब्द स्वीकार गरेको हो भनेर नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।

नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले ०७२ सालपछि पहिलो पटक सरकारी दस्तावेजमा जनयुद्ध शब्द परेको बताए ।

सोभियत युनियन ढलेको र समाजवादी राज्य व्यवस्थामाथि ठूलो संकट आएको बेला अमेरिकी लेखक फ्रान्सिस फुकुयामाले समाजवादी विचारको अन्त्य भयो भन्ने सन्दर्भमा ‘इण्ड अफ दि हिस्टी’ लेखेको चर्चा गर्दै उनले अघि, ‘त्यो कुरालाई हामीले अस्वीकार गर्‍यौं । दुनियाँका मार्क्सवादीहरुले अस्वीकार गरे ।’

दुनियाँका माक्र्सवाद फेरि पुनर्जाग्रित भएर आएको भन्दै उनले अघि भने, ‘आज कता–कता के लाग्छ भने फुकुयामाले बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद जस्ता व्यत्तित्व पछिको एउटा निक्छरो नेपाली कांग्रेसको हालत देखेर कांग्रेसकै लागि यो लेख्नु भएको हो कि भन्ने लागिरहेको छ ।’

यदि एक नम्बर बुँदा स्वीकार गर्छ भने कांग्रेसको इतिहासकै अन्त्य हुने उनको दाबी छ । एमाले सचिव भट्टराईले अघि भने, ‘यसमा माननीय शेरबहादुर देउवाजीबाटै जवाफ पाए हुन्थ्यो भन्ने लाग्छ । उहाँ पार्टी सभापति हुनुहुन्छ, गठबन्धनको सबभन्दा ठूलो नेता हुनुहुन्छ, उहाँको नीति विना यो नीति कार्यक्रम कसरी बन्यो होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?