+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोशीमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा बोलाउन कांग्रेसको माग 

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १४:०३

११ जेठ, विराटनगर ।  नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले आन्दोलनरत पहिचान पक्षधरलाई तत्काल वार्तामा बोलाउन माग गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गरेर कांग्रेस कोशी प्रदेश संसदीय दलले पहिचानका आधारमा प्रदेशको फेरि नाम राख्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएको पक्षलाई बार्तामा बोलाउन प्रदेश सरकार समक्ष माग गरेको हो ।

‘अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थिए तर तत्कालीन प्रदेश १ ले नाम राख्न सकिरहेको थिएन, नाम राख्नैपर्ने थियो र साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरियो,’ कांग्रेस संसदीय दलले भनेको छ,‘…कोशी प्रदेश सरकारलाई तत्काल वार्ता समिति बनाई आन्दोलनरत पक्षलाई वार्तामा बोलाइ उचित मागहरुलाई यथासक्य सम्बोधन गर्न हुन ध्यानाकर्षण गराउँदछौं ।’

कांग्रेसले कोशी प्रदेश नामाकरणको विषयलाई लिएर आन्दोलनरत प्रदेश नम्बर १ नामांकन संघर्ष समितिलाई पनि शान्तिपूर्ण र संयमित भएर आफ्ना मागहरु राख्न आग्रह गरेको छ ।

पहिचान पक्षधरहरुले जेठ १४ गतेबाट कोशी प्रदेशको राजधानी केन्द्रीत आन्दोलन घोषणा गरेको छ । कोशी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन बोलाएपछि पहिचान पक्षधरले प्रदेशसभा केन्द्रीत आन्दोलन घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?