+
+

बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १६:०८

२५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो । त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।

यसअघि आफ्नो कार्यकक्षमा रहेको नेपालको थ्रिडी नक्सालाई हटाएर महानगरपालिकाले मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको हो । मेयर शाह यतिबेला भारत भ्रमणमा छन् । भारत जानु अघि नै उनले महानगरको आफ्नो कार्यकक्षमा यस्तो नक्सा राख्न आवश्यक निर्देशन दिएको र सोहीअनुसार बिहीबार नक्सा राखिएको स्रोतले बतायो ।

‘मेयर शाहको निर्देशन मै आज नक्सा राखिएको छ,’ स्रोतले भन्यो, ‘मेयर शाह बस्ने कुसीको ठिक पछाडी ठूलो नक्सा राखिएको हो ।’

कांग्रेस महामन्त्री गगन थापाले बिहीबार नै विराटनगरमा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका थिए । भर्खरै अखण्ड भारतको मुरल नक्सा भारतको नयाँ संसद भवनमा राखिएको बारे थापाले भनेका थिए, ‘अर्को देशले हाम्रो देशका भूभाग मिलाएर साँस्कृतिक नक्सा भन्दै छाप्छ भने नेपालले पनि ग्रेटर नेपाल बनाउने र त्यसबारे चिन्तन गर्ने हक राख्ने बताएका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?