+
+

आकस्मिक बैठक डाकेर हतारमा विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० जेठ ३० गते ११:३०

३० जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले हतारमा आकस्मिक रुपमा विश्वासको मत लिन लागेका छन् ।

त्यसका लागि आज मंगलबार साँझ ५ बजेको लागि आकस्मिक रुपमा प्रेदशसभाका बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जाकारी दिए ।

सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनु पर्न कानुनी व्यवस्था छ ।

पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त भएका थिए ।

समीकरण फेरिएपछि चैत २१ मा मधेश सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो ।

यस अनुसार भोलिसम्मा जसरी पनि सरकारले प्रदेशसभाबाट पुनः विश्वासको मत लिनु पर्ने हुन्छ । तर, विश्वासको मत लिन मधेश सरकारले कुनै चासो देखाएको थिएन ।

३० दिन बित्दा अदालतमा सरकारविरुद्ध रिट परेर कानुनी अड्चन आउन सक्ने देखेपछि मुख्यमन्त्री यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लागेका हुन् ।

यसअघि बिहान बसेको सत्ता गबन्धन दलको बैठकले विश्वासको मत लिनु पर्ने निर्णय गरेको थियो ।

प्रदेशसभा सचिवालयले सांसदहरुलाई मोबाइलमा एसएमएस पठाएर साँझ ५ बजे बैठक डाकिएको जानकारी गराएको छ ।

गत २६ गते बसेको प्रदेशसभाको बैठक अगामी जेठ ३२ गते बस्ने गरी स्थगित भएको थियो ।

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?