+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

वर्षा सिवाकोटीको फिल्म ‘गणपति’को छायांकन सेटमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १७:१९

काठमाडौं । फिल्म ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । बालाजुस्थित चलचित्र विकास संस्थानमा छायांकन गर्ने क्रममा लोमान बालेर धुवाँ निकाल्न खोज्दा आगलागी भएको जनाइएको छ ।

अभिनेत्री वर्षा सिवाकोटी र १०० जना कोरसको नृत्य छायांकन भइरहेको बेला आगलागी भएको हो । कविराज गहतराजले नृत्य निर्देशन गरिरहेका थिए । आगलागीमा मानवीय क्षति नभएको र कपडैकपडाको सेट भने जलेर नष्ट भएको निर्माण पक्षले जानकारी दिएको छ ।  अहिले आगलागी नियन्त्रणमा आइसकेको र १० लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

सविन अधिकारी निर्देशित यो फिल्म भदौ १४ गते रिलिज गर्ने तयारी छ । मुकुन भुसाल र मेनुका प्रधानको शीर्ष भूमिका रहेको यो फिल्ममा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेललगायतले पनि अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?