+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कालीमाटी बजारमा फ्याँकियो गोलभेंडा

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० असार ३ गते १०:१७

३ असार, काठमाडौं । बजार मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारका व्यापारीहरुले गोलभेंडा सडकमा फ्याकेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेको बताए ।

कालीमाटी थोक तथा खुद्रा बजार समितिले आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरिएको जनाएको छ । समितिका अध्यक्ष गीता आचार्यले किसानले गोलभेंडा फ्याँकेको बताए । ‘बजार मूल्य नपाएपछि किसानले गोलभेंडा फ्याँकेका हुन् । करिब ३० हजार किलो गोलभेंडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ’ आचार्यले भने, ‘रामकोट, नागार्जुन, थानकोट लगायत क्षेत्रमा फलेका गोलभेंडा फ्याँकिएको छ ।’

तर, किसानहरुले यति धेरै गोलभेंडा लिएर बजारसम्म नआउने भएकाले गोलभेंडा किसानले नै फ्याँकेको दाबी भने शंकास्पद छ । कालीमाटी तरकारी बजारकै केही व्यापारीहरुले भने तरकारी फ्याँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको दाबी गरेका छन् ।

कालीमाटीकै तरकारी व्यवसायी सामर्थ्य ढुंगानाले भने करिब ५ हजार किसानको उत्पादन आइतबार नष्ट गरिएको दाबी गरे । ‘किलोमा ४ रुपैयाँमा पनि गोलभेंडा नबिकेपछि नष्ट गरिएको हो, पहिले चितवनमा भयो अहिले काठमाडौंमा’ उनले भने, ‘नेपालमा फलेको गोलभेंडा बिक्री गर्नै सकिएन ।’

कालीमाटी बजार विकास समितिले आइतबारका लागि टनेल सानो गोलभेंडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ । तर,काठमाडौंमा खुद्रा बजारमा प्रतिकिलो ३० रुपैयाँसम्म गोलभेंडा बिक्री भइरहेको छ ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?