+
+

कोशी सरकार र आन्दोलनरत पक्षबीच ५ घण्टा छलफल

वार्ताको अर्को मिति दुबै पक्षका संयोजकको सल्लाहमा तोकिने

हरि अधिकारी हरि अधिकारी
२०८० असार ४ गते १३:३९

४ असार, विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पक्षबीच सोमबार वार्ता भएको छ । सोमबार विराटनगरको होटल विगमा करिब ५ घण्टा वार्ता भएको हो ।

वार्ता सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै दुबै पक्षले छलफल सौहार्द्धपूर्ण भएको र फेरि वार्तामार्फत नै अघि बढ्ने बताएका छन् । उनीहरुले दुबै पक्षको सल्लाहमा वार्ताको अर्को मिति तोक्ने सहमति भएको पनि बताए ।

सरकारी वार्ता टोलीका संयोजक मन्त्री तिलकुमार मेन्याङ्बोले वार्तामा विषय प्रवेश भएको र पुन: वार्तामा बस्ने सहमति भएको बताए । आन्दोलनरत पक्षका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाले वार्तामा विषय प्रवेश भएङ्को र फेरि बस्ने सहमति भएको बताए ।

प्रदेशसभाले १७ फागुनमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर विभिन्न राजनीतिक दल र संघसंस्थाहरुले आन्दोलन सुरु गरेका थिए । उनीहरुले विराटनगर केन्द्रित आन्दोलन गर्नुका साथै शीर्ष नेता र कोशी प्रदेशसभा सदस्यलाई जिल्ला प्रवेशमा अवरोध गर्दै आएका थिए ।

आन्दोलनरत पक्षका वार्ता टोली सदस्य ग्याल्जे शेर्पाले सरकारसँग वार्ता प्रारम्भ भएको बताए । ‘वार्ताको प्रारम्भ गर्‍यौं हाम्रो निश्कर्ष के हो भने यसपछि फेरि अर्को वार्ता गर्ने र समस्या हल गर्दै अघि बढ्ने सहमति भयो’ उनले भने ।

 

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?