+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ : वनमन्त्री महतो

रासस रासस
२०८० असार १० गते १४:३२

१० असार, काठमाडौं। वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री महतोले आगामी आर्थिक वर्षको बजेटमा काठ र काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी विनियोजन गरिएको बताएका हुन्।

उनले भने, ‘काठको उत्पादन गरी काठ तथा काष्ठजन्य वस्तु मुलुकलाई आत्मनिर्भर बनाउने र आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरिएको छ। सामुदायिक वन, साझेदारी वन, सरकारद्वारा व्यवस्थित वनहरुमा शिल्पीकल्चरमा आधारीत रहेर वनको दिगो व्यवस्थापन गर्दै काठ, दाउरा उत्पादनका लागि प्रदेश सरकारमार्फत् कार्यान्वयन गर्नेगरी सशर्त अनुदानको व्यवस्था गरिएको छ।’

उनले आगामी वर्ष काठ आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य राखिएको बताए। उनले आगामी बजेट वनको दिगो व्यवस्थापन, सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षारोपण, भू तथा जलाधार संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको अनुकुलन र वातावरण संरक्षण कायम गर्दै वन क्षेत्रलाई आर्थिक वा उत्पादनमुलक क्षेत्रको रुपमा विकास गर्नेगरी प्रस्ताव गरिएको स्पष्ट पारे।

उनले भने, ‘अगामी बजेट व्यवस्थापन वनको दिगो व्यवस्थापन, सार्वजनिक तथा नदि उकास क्षेत्रमा वृक्षारोपण, भू-तथा जलाधार संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको अनुकुलन र वातावरण संरक्षण कायम गर्दै वन क्षेत्रलाई आर्थिक वा उत्पादनमुलक क्षेत्रको रुपमा विकास गर्नेगरी प्रश्ताव गरिएको छ। यसबाट वनको दिगो व्यवस्थापन भई काठ, दाउरा उत्पादनमा वृद्धि हुने र विदेशी काठको आयात कमी हुने देखिन्छ। वन नियमावली २०७९ मा नीजि जग्गामा रहेका रुख, बिरुवा कटान गरी कृषि बालि सरह ओसार-पसार गर्न पाउने गरी व्यवस्था गरिएको छ।’

मन्त्री महतोले दिगो वन व्यवस्थापन मापदण्ड तयारीको अन्तिम चरणमा रहेको जानकारी दिए। त्यस्तै, निजी जग्गामा रहेका रुख, बिरुवा कटान गरी कृषि बालि सरह ओसारपोसार गर्न पाउने गरी व्यवस्था गरिएको उनले बताए।

‘दिगो वन व्यवस्थापन मापदण्ड तयारीको अन्तिम चरणमा रहेको छ। प्रदेश सरकारबाट पनि स्थानीय वनको अवस्था अनुसार शिल्पी कल्चरमा आधारित रही वनको दिगो व्यवस्थापन गर्नमा मापदण्डहरु स्वीकृत गरी वन व्यवस्थापन गर्न थालनी गरिएको छ’ उनले भने।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?