+
+

व्यासको नीति : कृषि र पर्यटनबाट समृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १८:३२

१० असार, दमौली । तनहुँकै पुरानो व्यास नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेले आइतबार आयोजित ३९ औं नगरसभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र पर्यटन प्राथमिकतामा छन् ।

स्थानिय स्रोत साधनलाई उत्पादनसँग जोडेर छिटो प्रतिफल दिने क्षेत्रमा सहभागितामूलक योजनाहरुलाई प्राथमिकतामा राखिएको छ ।

कृषि क्षेत्रको उत्पादनलाई बजारीकरण गर्न बजार क्षेत्र बाहेकका वडामा न्यूनतम १ संकलन केन्द्र र दमौली बजार क्षेत्रमा किसानहरुको उत्पादनको बिक्रीका लागि किसान बजारको व्यवस्था,कृषि उपज बिक्री वितरणका लागि दमौलीमा परम्परागत रुपमा सञ्चालन हुने गरेको बुधबारे हाट बजार सञ्चालन,एक वडा एक फलफुल,पुष्प खेती तथा तरकारी नर्सरीको स्थापना गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

पर्यटनतर्फ व्यास नगरपालिका भित्र रहेका पर्यटन एवंम् धार्मिक स्थलको संरक्षण तथा सम्बद्र्धन गर्न टाकुरा पर्यटन सञ्जाल, पर्यटन प्रवद्र्धन सूचना केन्द्रको स्थापना,मादी नदि एकिकृत विकास परियोजना अन्र्तगत पर्यटन प्रवद्र्धन र कृषि क्षेत्रमा विशेष कार्यक्रम ल्याईने नीति अवलम्बन गरिएको छ ।

स्थापनाकालदेखि नगरपालिकाले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरुको जगमा रही राज्य पुर्नसंरचनापछि दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले विगतका कामको समिक्षा गर्दै नगरवासीको भरोसालाई ध्यानमा राखेर स्रोतगत सीमाहरुलाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम बनाएको नगरप्रमुख न्यौपानेले उल्लेख गरे । नगरपालिकाको विकास अभियानमा आग्रह पूर्वाग्रहबाट माथि उठी संघीय, प्रदेश र वर्तमान तथा पूर्व जनप्रतिनिधि एवं विज्ञहरुको अनुभव, परार्श र सल्लाहलाई सदुपयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।

यस्तै नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्ब ५९ करोड ३१ लाख १ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको आयोजित ३९ औं नगरसभामा उपप्रमुख इन्दिरा दरैले आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्यय प्रस्तुत गरेकी हुन् ।

जसमध्ये चालुतर्फ ९० करोड ८६ लाख ९६ हजार रुपैयाँ र पुँजीगतर्फ ६८ करोड ४४ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कूल बजेटको ५७.०४ प्रतिशत चालुतर्फ र ४२.९६ प्रतिशत बजेट पुँजीगतर्फ विनियोजन गरिएको छ । कृषि स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर नगरपालिकाले आर्थिक समृद्धि हासिल गर्ने गरी नीति तथा कार्यक्रममा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?